site stats
बाह्रखरी :: Baahrakhari
देश
झापामा बलात्कार आरोपमा किशोर पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । झापामा बलात्कार आरोपमा एक किशोर पक्राउ परेका छन् । तेह्रथुमको आठराई गाउँपालिका–१ का १९ वर्षीय सविन लाम्गादेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

१७ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार (हिजो) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

झापाको कनकाई नगरपालिका–५, चप्रामारीमा आइतबार राति उनले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्