site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
माछापुच्छ्रे बैंकले दियो दुर्घटना बिमाअन्तर्गतको १० लाख रकम

काठमाडौं । माछापुच्छ्रे बैंकले न्यु स्मार्ट तलब खाताअन्तर्गत दुर्घटनामा परी मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बिमाबापतको १० लाख रुपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ ।

बैंकको वीरगन्जस्थित शाखामा खाता रहेका ग्राहक लालबाबुप्रसाद यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएपश्चात् उनकी श्रीमती शोभा यादवले रकम दाबी गरेकी थिइन् । उनको दाबीअनुसार वैशाख ३० गते उक्त बिमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकका चिफ बिजनेस अफिसर डिल्लीराम गिरी, मधेस प्रदेश प्रमुख इन्दुशेखर देवकोटा र उक्त शाखाका शाखा प्रमुख सुशील थपलियाले सो रकमको चेक हस्तान्तरण गरेका थिए । 

बैंकल न्यु स्मार्ट तलब खाताअन्तर्गत १० लाखको दुर्घटना बिमा, तीन लाखसम्म विभिन्न जटिल रोगको उपचार बिमा, एक लाखसम्म अस्पताल भर्ना एवं औषधि उपचार बिमा सुविधा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्