site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकाे संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ । 

कांग्रेसले दिउँसो १ बजेका लागि संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । आजै दिउँसो २ बजे संसदीय दलको बैठक पनि बस्दै छ ।  

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ ।

बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममा छलफल हुने बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०५:३४
प्रतिक्रिया दिनुहोस्