site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले भन्यो– छानबिन समिति नबनेसम्म संसद्को कामकारबाही अघि बढ्दैन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा संसदीय छानबिन समिति नबनेसम्म संसद्को कुनै पनि कामकारबाही अघि बढ्न नदिने बताएको छ ।

संसद्को बजेट अधिवेशन सञ्चालन भएको पहिलो दिन शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै पार्टी महामन्त्री समेत रहेका सांसद गगनकुमार थापाले संसदीय छानबिन समिति नबनिकन अब सदनको कुनै पनि कामकारबाही अघि नबढ्ने चेतावनी दिए । उनले यसको जिम्मेवार कांग्रेस नहुने जिकिर गरे ।

Argakhachi Cement Island Ad

महामन्त्री थापाले संसदीय छानबिन समिति बनाउ भनेर विगतमा कांग्रेस लचक बन्दा समेत सरकार अटेर गरेर बसेको भन्दै सदन चल्न नदिने घोषणा गरेका हुन् । “सरकार आफैँ निहुँ खोज्न आएको हो । वातावरण बिर्गान आएको हो,” उनले भने ।

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्