site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गण्डकी प्रदेशसभामा कांग्रेसको नाराबाजी
Argakhachi Cement Island Ad

पोखरा । संविधानविपरीत गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेपछि कांग्रेसको नाराबाजी चलेको छ । 

६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ । तर, सभामुख कृष्ण धितालले खगराजले मागेको विश्वासको मतको पक्षमा ३० मत परेको भन्दै विश्वासको मत पाएको घोषणा गरेका थिए । 

सभामुखको यही कदमलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरेको हो । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतमाथिको प्रस्तावमा बोल्दै यही असंवैधानिक काम केहीबेरमा हुनसक्ने बताएका थिए ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १८:३३
प्रतिक्रिया दिनुहोस्