site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्रीबीच भेटवार्ता 
Argakhachi Cement Island Ad

काठमाडौं । एकदिवसीय नेपाल भ्रमणमा रहेकी जापानका विदेशमन्त्री योको कामिकावाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । आइतबार दिउँसो काठमाडौं आइपुगेकी उनले अपराह्न प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । 

prachanda-1714907474.jpg
 

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणमा नेपाल आएकी उनले दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी थिइन् । विदेशमन्त्री कामिकावा आइतबार राति नै नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किने कार्यक्रम छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्