site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य स्थिर, चाँदीको घट्यो 
फाइल तस्बिर

काठमाडौं । स्थानीय बजारमा सुनको भाउ स्थिर रहेको छ । अघिल्लो कारोबार दिन शुक्रबारकै मूल्यमा आइतबार सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ७५० रुपैयाँमा किनबेच भइरहेको छ ।  

आइतबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार ६४० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्