site stats
बाह्रखरी :: Baahrakhari
देश
झापामा बलात्कार आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । झापामा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–२, जयपुरका २३ वर्षीय हर्कबहादुर धमला छन् ।

१५ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । बुधबार (हिजो) दिउँसो प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

यही वैशाख १ गते राति ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्