site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बझाङमा एमालेको सुरुआती अग्रता 

काठमाडौं । बझाङ क्षेत्र नम्बर–१ ‘क’को प्रारम्भिक मत परिणाम सार्वजनिक गरिएको छ । प्रारम्भिक परिणामानुसार नेकपा (एमाले)का उमेदवारले अग्रता लिएका छन् ।

एमालेका दमनबहादुर भण्डारीले १५७ मत पाएका छन् । नेपाली कांग्रेसका अभिषेक सिंहले १३२ मत ल्याएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का दिलबहादूर सिंहले ५१, नेकपा (माओवादी केन्द्र)का उमेदवार जनकबहादुर बुढाले ४७ मत पाएका छन् । यहाँ ११ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १५:२७
प्रतिक्रिया दिनुहोस्