site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुहाङले मतदान गर्दै भने– बुवालाई सम्झिएर भावुक भएको छु 

काठमाडौं । इलाम–२ मा एमालेका तर्फबाट चुनावी मैदानमा रहेका उमेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् । 

उनले सवा ७ बजे महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । 

Argakhachi Cement Island Ad

मतदान गरेपछि सुहाङले उत्साहित भएको बताए । “उत्साह महसुस भएको छ । बुवा (सुवास नेम्वाङ)लाई सम्झेर भावुक भएको छु,” उनले भने, “उमेदवार बनेर मतदान गरेको पहिलो अनुभव हो । उत्साहजनक रह्यो । जित निश्चित भन्नेमा म आशावादी छु । इलाम नयाँ युगमा अग्रसर भएको छ ।”

बिहान ७ बजेबाट मतदान सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । लामो लाइनमा बसेर इलाममा मतदाताले मतदान गरिरहेका छन् । 

इलाममा १९ उमेदवार चुनावी मैदानमा छन् ।
 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०७:३२
प्रतिक्रिया दिनुहोस्