site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भीम रावलले भने– राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा छु

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा रावलले एमालेका नेताहरूको व्यवहारका कारण आफू राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका हुन् । 

उनले महाधिवेशन परिषद् सदस्यको हैसियतमा आफूलाई परिषद् बैठकमा सहभागी हुन नदिएर नियोजित रूपमा निषेध गर्न खोजिएको तर्क गरे । जस्तोसुकै परिस्थिति आए पनि आफू एमालेमा रहनुपर्छ भन्ने मान्यताका साथ अघि बढे पनि गोदावरी अधिवेशनपछि राजनीतिक जीवनको मोडमा धकेलिएको महसुस भएको उनले बताए ।

रावलले भविष्यमा राजनीतिको अर्को घुम्ती कस्तो हुने हो, पछि नै बताउने जिकिर गरे । रावलले कम्युनिस्ट पार्टीले हीरक जयन्ती मनाउँदै गर्दा कम्युनिस्ट एकताको जनताको आकांक्षालाई घात गरेको आरोप लगाए । 

आफूले गरेको गल्तीको दोष अरुलाई दिएर इतिहासले कसैलाई छुट नदिने उनले बताए ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १६:४७
प्रतिक्रिया दिनुहोस्