site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपाललाई मेडिकल शिक्षाको हबका रूमपा विकास गर्न काम भइरहेको छ :  प्रधानमन्त्री
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।  बुधबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई ललितपुरमा सम्बोधन गर्दै उनले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्यसेवामा रहेका दोहोरोपन हटाउन एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताएका हुन् । 

उनले सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्यसेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरूको क्षमता विकासमा पनि ध्यान दिन आवश्यक रहेको बताए । प्रधानमन्त्री प्रचण्डले नेपाललाई मेडिकल शिक्षाको हबका रूमपा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिए ।   

Argakhachi Cement Island Ad

नेपालको अधिकांश भू–भाग ग्रामिण क्षेत्र रहेको र ग्रामिण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित चिकित्सक उत्पादन गर्ने र स्वास्थ्य सेवाको पहुँच ग्रामिण स्तरसम्म विस्तार गर्दै जानुपर्ने उनको भनाइ छ । 

“देश भित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक छ । सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरुको क्षमता विकासमा पनि त्यत्तिकै ध्यान दिन आवश्यक छ,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपाललाई मेडिकल शिक्षाको हबका रूमपा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको जानकारी पनि गराउन चाहन्छु । स्वास्थ्य शिक्षालाई केबल सैद्धान्तिक शिक्षाको रूपमा मात्र नभई व्यवहारिक र मानवीय मूल्य मान्यता एवं संवेदनासहितलाई ध्यानमा राखी प्रतिष्ठानले आगामी दिनमा अझ अग्रगामी र दूरदर्शीता स्थानपित गर्नेछ ।” न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्