site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
तीन मुक्तक 

अमर अधिकारी


अधर्मीहरूले कुकुरले झैँ टोक्न थाले
तमाम मेरा ती बाटाहरू रोक्न थाले
मूर्खहरू आफूलाई विजेता सम्झिई 
होटेलमा गई जाँडरक्सी धोक्न थाले ।

Argakhachi Cement Island Ad

०००

अहंकारले कसैको पनि हित गर्दैन
गफले मात्र झिँगा कहिल्यै मर्दैन
ज्ञान खोज, ध्यान गर, अनावश्यक नसोच
बाँदरले कहिल्यै पनि बीउ छर्दैन ।

०००

बलियाले निर्धालाई पाता कस्न थाले
विचराको आँखाबाट आँसु खस्न थाले
यस्तै छ समय अनि फटाहाहरूकै दिन
चम्चाहरूले मालिकलाई तेल घस्न थाले ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्