site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसका प्रवक्ता भन्छन्– सत्ता गठबन्धन छिट्टै पतन हुन्छ
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले अहिलेको गठबन्धनलाई 'अप्राकृतिक गठबन्धन'को संज्ञा दिए । उनले गठबन्धनमा रहेका दलहरूबीच अविश्वास रहेको विषय प्रदेश सरकार गठनका क्रममा भएका घटनाक्रमबाट स्पष्ट हुने बताए ।

Argakhachi Cement Island Ad

वर्तमान सत्ता गठबन्धनमा विश्वासको कुनै अंश नरहेको उनको जिकिर छ । उनले नयाँ सत्ता समीकरण अवसरवादी रहेको पनि बताए । नयाँ समीकरण पतन भइसकेपछि कसरी जाने भन्नेमा नेपाली कांग्रेस सचेत र सजग रहेको उनको भनाइ छ ।

"आफ्नै बोझ, अविश्वास, विरोधाभाषको बीचमा यो गठबन्धन बनेको हो । त्यही बोझले नै यसको पतन हुने निश्चित छ । त्यसैले यसमा हामीले धेरै चलखेल गरिरहनुपर्ने आवश्यकता छैन । पतन भइसकेपछि कसरी जाने भन्नेमा हामी अलर्ट छँदै छौँ," महतले भने ।

प्रवक्ता महतले पछिल्लो समीकरणको सरकार बनेपछि नागरिकमा निराशा छाएको र सरकारप्रतिको भरोसा घटेको पनि बताए । अर्थतन्त्र लयमा जाने र लगानीको वातावरण बन्नेमा विश्वास घटिरहेको उनको भनाइ छ । – न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्