site stats
बाह्रखरी :: Baahrakhari
देश
सहकारी ठगी प्रकरणमा सीआईबीले छाडेका गुरुङलाई ललितपुर प्रहरीले समात्यो

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छाडेका लिला गुरुङलाई ललितपुर प्रहरीले फेरि पक्राउ गरेको छ ।

काठमाडौंको हाम्रो नयाँ कृषि सहकारीका उपाध्यक्ष रहेका गुरुङसहित तीन जनालाई सीआईबीले मंगलबार छाडेको थियो । सहकारीमा ठगी गरेको रकम फिर्ता गरेपछि उनीहरूविरुद्ध मुद्दा नचल्ने रायसहितको प्रतिवेदनका आधारमा उनीहरूलाई छाडिएको थियो ।

Argakhachi Cement Island Ad

तर, गुरुङले ललितपुरको मानभवनस्थित अर्को कल्याण उपकार सेभिङ एन्ड क्रेडिटको रकमसमेत अपचलन गरेको भन्दै ललितपुर प्रहरीमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए ।

उक्त सहकारी विरुद्ध हालसम्म १४२ जनाले प्रहरीमा उजुरी दिएका छन् । गुरुङ कल्याण उपकार सहकारीका अध्यक्ष हुन् ।

उक्त सहकारीले करिब १९ करोड रुपैयाँ ठगी गरेको खुलेको छ । कल्याण उपकारका थप ६ जना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । उनीहरू सबै फरार छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्