site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सामान्य उजुरीकै भरमा थुन्ने अनि सुन्ने चलन बढ्न थाल्यो : अध्यक्ष अग्रवाल
फाइल तस्बिर ।

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले सामान्य उजुरीकै आधारमा थुन्ने चलन बढेको बताएका छन् । मंगलबार परिसंघको २१औँ वार्षिक साधारणसभामा बोल्दै अग्रवालले 'पहिले थुन्ने अनि सुन्न खोज्ने' चलन बढ्न लागेको बताएका हुन् ।

उनले थुन्ने नाममा बार्गेनिङ गर्ने, मानमर्दन गर्दै जनमानसमा नराम्रो स्थापित गर्न खोज्नेजस्ता काम भइरहेको समेत बताए ।

"सामान्य उजुरीकै भरमा पहिले थुन्ने अनि सुन्न खोज्ने चलन बढ्न लागेको छ । यस्तो अवस्था निजी क्षेत्रमा मात्रै होइन, कर्मचारीतन्त्र, राजनीतिमा समेत भइरहेको छ," उनले भने, "थुन्ने नाममा बार्गेनिङ गर्ने, मानमर्दन गर्दै जनमानसमा नराम्रो स्थापित गर्न खोज्ने जस्ता काम भइरहेका छन् ।"

मन्तव्यको पूर्णपाठ

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्