site stats
बाह्रखरी :: Baahrakhari
देश
२३ किलो चरेससहित एकजना पक्राउ 
Argakhachi Cement Island Ad

काठमाडौं । बर्दियाको सीमा इलाकाबाट २३ किलो चरेससहित एकजना पक्राउ परेका छन् । आज बिहान बर्दियाको बढैयाताल गाउँपालिका–२, फुटाहास्थित सीमा इलाकामा शंकास्पद गतिविधि गरेका रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–५ का ३४ वर्षीय बमबहादुर पुन चरेससहित पक्राउ परेका हुन् । 

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) फुटाहा बर्दियाले उनको साथमा रहेको झोलामा प्लास्टिकले बेरेको ३९ वटा प्याकेटमा रहेको २३ किलो लागुऔषध चरेस बरामद गरेको हो । उनी नेपालबाट भारतर्फ जान लाग्दा पक्राउ परेका हुन् । पक्राउ परेका पुनलाई बरामद चरेससहित थप अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्