site stats
बाह्रखरी :: Baahrakhari
देश
जोशी र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ दुईजनालाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समिति सचिवालयले उमेर हदका कारण अवकाश भई रिक्त हुने दुई प्रहरी अतिरिक्त महानिरीक्षक पदका लागि बढुवा गर्न सिफारिस गरेको हो । 

बढुवाका लागि सिफारिस हुनेमा उमेशराज जोशी र भिमप्रसाद ढकाल छन् । 

यही वैशाख ५ गतेबाट एआईजी सन्दीप भण्डारी र ७ गते मिरा चौधरी उमेर हदका कारण अवकाशमा जाने भएकाले रिक्त दरबन्दीमा बढुवाका लागि सिफारिस गरिएको हो । 
422069316_1117898272790811_6498001057849310446_n-1713231211.jpg
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०७:१९
प्रतिक्रिया दिनुहोस्