site stats
बाह्रखरी :: Baahrakhari
देश
सुप्रिम सहकारीबाट रवि लामिछानेका नाममा आएको थियो एक करोड ८० लाख !
फाइल तस्बिर ।

काठमाडौं । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एक करोड ८० लाख रुपैयाँ गोर्खा मिडिया ग्रुपमार्फत हालका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा आएको देखिएको छ ।

सोमबार जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोजनमा लामिछानेको नाम नै उल्लेख गरेर गोर्खा मिडिया ग्रुपको नाममा पठाउँदा लामिछानको नाम उल्लेख गरिएको छ ।

२८ जना प्रतिवादी बनाइएको मुद्दामा एक अर्ब ७२ करोड ४३ लाख ४७ हजार ५०७ रुपैयाँ असुल गर्न मागदाबी गरिएको छ ।

Argakhachi Cement Island Ad

pratibedan-1713185605.JPG

रवि लामिछानेले गोरखा मिडिया नेटवर्कको सेयरका लागि एक करोड ८० लाख र ऋणबापत दुई करोड लिएको तथ्य देखाइए पनि उनलाई प्रतिवादी बनाइएको छैन ।

प्रतिवादीहरू गितेन्द्रबाबु (जीबी) राई, ओमप्रकाश गुरुङ, सागर केसी, भुपेन्द्र राई, देवेन्द्र राई र कुमार रम्तेलबाट एक करोड ५७ लाख ९६ हजार रुपैयाँ असुल गर्न मागदाबी गरिएको छ ।

यस्तै, सहकारीमा संलग्न रहेका प्रतिवादीहरू दिनेश रोकाबाट तीन करोड ८० लाख, भविश्वर अर्यालबाट एकलाख ४० हजार, दुर्गा चापागाईं पाण्डेबाट १८ लाख, दिपक न्यौपानेबाट पाँच लाख ४५ हजार, हेमन्त अधिकारीबाट १३ लाख ५० हजार, कविता तामाङबाट एक लाख ५० हजार, नवीन अछामीबाट १० लाख, दिपेशकुमार पुनबाट तीन लाख, सुरज श्रेष्ठबाट दुई लाख ११ हजार मागदाबी गरिएको छ ।

यसैगरी, राज बरालबाट एक लाख ६६ हजार ९६३ रुपैयाँ, मझर मोहम्मदबाट ३४ हजार, असरफ अली सिद्धिकीबाट ३४ हजार, आशीष आनन्दबाट एक लाख ९५ हजार, बुद्धि गुरुङबाट १८ हजार ७००, भिरजकुमार दासबाट ६ लाख ३६ हजार रुपैयाँ गरी जम्मा चार करोड ६० लाख २७ हजार रुपैयाँ असुल गर्न मागदाबी गरिएको छ ।

यस्तै, अन्य एक हजार २ जनालाई पक्राउ गरी ६ करोड एक लाख २३ हजार ७५४ असुल गर्न अभियोजनमार्फत मागदाबी गरिएको छ ।

समग्रमा एक अर्ब ७२ करोड ४३ लाख ४७ हजार ५०७ रुपैयाँ असुल गर्न मागदाबी गरिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्