site stats
बाह्रखरी :: Baahrakhari
कला
अजय देवगनको ‘मैदान’ले चार दिनमा कति गर्‍यो कलेक्सन ?

काठमाडौं । बलिउड अभिनेता अजय देवगन अभिनीत सिनेमा ‘मैदान’ले चार दिनमा २२ करोड २२ लाख भारतीय रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।  

७ करोड २५ लाखमा ओपनिङ गरेको सिनेमा ‘मैदान’ले दोस्रो दिन २ करोड ८० लाख, तेस्रो दिन ५ करोड ६५ लाख र चौथो दिन ६ करोड ५२ लाख कलेक्सन गरेको बलिउड सिनेमाका ट्रेड एनलाइसिस्ट सुमित कडेलले उल्लेख गरेका छन् । 

अमित रवीन्द्रनाथ शर्माले निर्देशन गरेको ‘मैदान’मा अजयसँगै प्रियमणि, गजराज राव, रुद्राणिलगायत कलाकार मुख्य भूमिकामा छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्