site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारले भन्यो– कांग्रेसको अवरोधका कारण संसद् अधिवेशन अन्त्य गरिएको होइन

काठमाडौं । सरकारका प्रवक्ता रेखा शर्माले संसद्को एउटा अधिवेशनबाट अर्को अधिवेशनमा जान संवैधानिक व्यवस्थाअनुसार केही समय आवश्यक पर्ने भएकाले अधिवेशन अन्त्य गरिएको बताएकी छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले कांग्रेसको अवरोधका कारण नभई बजेटको तयारी र अर्को अधिवेशन सुरु गर्ने संवैधानिक व्यवस्था अनुसार अधिवेशन अन्त्य गरिएको स्पष्ट पारिन् ।

Argakhachi Cement Island Ad

यसपटकको बजेट फरक ढंगले ल्याउनका लागि पनि सरकारले केही समय लिन खोजेको उनको भनाइ छ ।

उनले संसद् अन्त्य स्वाभाविक प्रक्रियामा भएकाले अरू अर्थमा बुझ्न नहुने धारणा राखिन् ।

सहकारी प्रकरणमा सत्यतथ्य खोजिनुपर्ने भन्दै उनले प्रमाण भए जतिसुकै ठूला मान्छे भए पनि कानुनी कारबाही गर्ने स्पष्ट पारिन् ।

 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्