site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँ बढेर कारोबार भएको हो । 

छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी आज प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।  

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्