site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनसरी तनाव : दुई समूहको झडप नियन्त्रण गर्न हवाई फायर
सांकेतिक तस्बिर ।

काठमाडौं । सुनसरी प्रहरीले दुई समूहबीच भएको झडप नियन्त्रण गर्न हवाई फायर गगरिएको छ । सुनसरीको हरिनगर गाउँपालिका–१, भुटाहामा भएको झडप नियन्त्रण लिन हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । 

एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउन्ड हवाई फायर र एक दर्जन राउन्ड अश्रुग्याँस पनि प्रहार गरेको सुनसरी प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्