site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संवैधानिक परिषद्को बैठक जारी

काठमाडौं । संवैधानिक परिषद्को बैठक जारी छ । बैठक बालुवाटारमा बसिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विपक्षी दलका नेता शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओली सँग परामर्श गरेर परिषद्को बैठक राखेका हुन् ।

बैठकमा महालेखा परीक्षक नियुक्तिको प्रस्ताव प्रस्तुत हुने जनाइएको छ । साथै अन्य रिक्त पदहरूमा समेत नियुक्तिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ । 
 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्