site stats
बाह्रखरी :: Baahrakhari
देश
उपत्यकामा खटिएका सादा पोसाकका प्रहरीलाई हटाइयो

काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाको तीनवटै जिल्लामा खटिएका सादा पोसाक ‘घुमुवा’ प्रहरीलाई हटाएको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले बिहीबारदेखि नै सादा पोसाकका प्रहरी कर्मचारीलाई हटाउन पत्राचार गरेको थियो ।

सोहीअनुसार उपत्यका प्रहरी कार्यालय रानीपोखरीले तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रहरी कार्यालय मातहत अन्तर्गतका कार्यालयबाट खटिने सादा पोसाकका प्रहरीलाई हटाएको हो । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी अवदेश विष्टले सबै सादा पोसाकका प्रहरी हटाइएको जानकारी दिए ।

उनका अनुसार सादा पोसाकका कुल १०८ प्रहरीलाई बिहीबार साँझदेखि नै नियमित प्रहरी पोसाक लगाएर डियुटीमा खटाइएको हो । सादा पोसाकका प्रहरी कर्मचारी नै विवादित घटनामा संलग्न हुन थालेपछि गृह मन्त्रालयले हटाउन निर्देशन दिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्