site stats
बाह्रखरी :: Baahrakhari
देश
सशस्त्र प्रहरीका एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको रिक्त एक सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवा सिफारिस गरेको छ ।

बिहीबार बसेको बढुवा समितिले सशस्त्र प्रहरी बलका (एसएसपी) दिपक अधिकारीलाई डीआईजीमा बढुवा गरेको हो । उनी सशस्त्र प्रहरी बलको सि.सं एकको टोली हुन् ।

२०५९ कार्तिक २६ मा सशस्त्र प्रहरी बलको निरीक्षकबाट अधिकारीले सेवा सुरु गरेका हुन् । उनकै ब्याचीमध्ये चारजना यसअघि नै डीआईजी भइसकेका छन् ।

डीआईजीको १६ दरबन्दीमध्ये एक पद मात्रै रिक्त थियो । एक पदमा अधिकारी बढुवा भएसँगै डीआईजीको पदपूर्ति भएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्