site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दिल्लीका मुख्यमन्त्री केजरीवालमाथि अनुसन्धान गर्न ईडीले पायो थप चार दिन
फाइल तस्बिर ।

काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि अनुसन्धान गर्न थप चार दिनको म्याद थप भएको छ । बिहीबार राउज एभेन्यू अदालतका विशेष न्यायाधीश कावेरी बावेजाले अप्रिल १ सम्मका लागि म्याद थप गरेका हुन् ।

दिल्ली सरकारसँग जोडिएको मदिरा नीति घोटाला प्रकरणमा केजरीवालमाथि प्रवर्तन निर्देशनालय (ईडी)ले अनुसन्धान गरिरहेको छ ।

Argakhachi Cement Island Ad

ईडीले अहिले मुख्यमन्त्री केजरीवालकी श्रीमतीको मोबाइलको विवरण विश्लेषण गरिरहेको भारतीय सञ्जारमाध्यमले जनाएका छन् ।

मार्च २१ मा केजरीवालको घरबाट बरामद भएका अन्य चार डिजिटल उपकरणहरूको पासवर्डहरू ईडीलाई उपलब्ध गराउन केजरीवालले आफ्ना वकिलहरूसँग परामर्शका लागि समय मागेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  २२:५०
प्रतिक्रिया दिनुहोस्