site stats
बाह्रखरी :: Baahrakhari
कला
‘रावायण’ले लियो रिलिज डेट 

काठमाडौं । सुदर्शन थापाको चलचित्र ‘रावायण’को प्रदर्शन मिति घोषणा गरेको छ । होलीको अवसर पारेर रिलिज डेट घोषणा गरेकाे चलचित्र २०८१ भदौ २१ गते तिजको दिन रिलिज हुनेछ ।

चलचित्रको मुख्य कलाकारमा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चण्डक, प्रकाश शाहलगायतको अभिनय रहनेछ ।

निर्देशक थापाले चलचित्र चैत तेस्रो साताबाट छायांकनका लागि फ्लोरमा जानेछ ।

चलचित्रमा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।  
 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०८:०७
प्रतिक्रिया दिनुहोस्