site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा बिहानै वर्षा, दिउँसोको मौसम कस्तो हुन्छ ?
फाइल तस्बिर । 

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा हुनेछ । पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहँदा नेपालमा केही दिनदेखि वर्षा भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहाज देशभर आंशिकदेखि साधारणतया बदली छ । वाग्मती र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा सुरु भएको छ । 

विभागले दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । 

Argakhachi Cement Island Ad

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

“काठमाडौंमा आज दिनभर बदली हुनेछ । बादल लाग्नेक्रम दिनभर हुनेछ,” मौसमविद् प्रतिभा मानन्धर भन्छिन्, “काठमाडौंमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।” 

विभागका अनुसार राति कोसी, वाग्मती, मधेस र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

कोसी र मधेस प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०६:०३
प्रतिक्रिया दिनुहोस्