site stats
बाह्रखरी :: Baahrakhari
देश
ताप्लेजुङको मेरिङदेनमा आगलागी

ताप्लेजुङ । ताप्लेजुङमा मंगलबार आगालागी हुँदा दुई घर जलेका छन् । मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा  आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घर नजिकै रहेका दुईवटा गोठ पनि जलेका छन् ।

जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेका सात दिनमा सातवटा घर जलेका उक्त कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०६:४०
प्रतिक्रिया दिनुहोस्