site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रुसको राष्ट्रपतिमा पुटिनको जित सुनिश्चित  !

काठमाडौं । रुसको राष्ट्रपतिमा भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

चुनावी सर्वेक्षणबाट उनले ८७ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको बीबीसीले जनाएको छ । 

पोलस्टर पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम)को  एग्जिट पोलबाट पुटिनले ८७ प्रतिशत भोट पाउने देखिएको छ । रसियन पब्लिक ओपिनियन रिसर्च सेन्टर (वीसीआईओएम)ले पनि पुटिनले ८७ प्रतिशत भोट पाएर राष्ट्रपति पदमा विजयी हुने जनाएको छ । पुटिनले निर्वाचन जिते उनी थप ६ वर्ष कायम राष्ट्रपति पदमा रहनेछन् । 

रुसमा राष्ट्रपति पदका लागि गत शुक्रबारदेखि आइतबारसम्म निर्वाचन भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्