site stats
बाह्रखरी :: Baahrakhari
देश
विदेशबाट ल्यापटप र मोबाइल ल्याइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । विदेशबाट ल्यापटप ल्याइदिने आश्वासन दिएर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी भँगाहा नगरपालिका–८ का ३४ वर्षीय मोहमद सकिल अहमद रहेका छन् ।

प्रहरीका अनुसार उनले पीडितलाई आफूले अनलाइनको बिजनेस गरेको बताएका थिए । उनले मोबाइल, कम्प्युटरसहितका सामानहरू ल्याइदिने आश्वासन दिएर ११ हजार ३५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

Argakhachi Cement Island Ad

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

 

 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्