site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राष्ट्रिय योजना आयोगका चार सदस्यले दिए राजीनामा 

काठमाडौं । राष्ट्रिय योजना आयोगका चार सदस्यले राजीनामा दिएका छन् । कांग्रेसको तर्फबाट आयोगमा प्रतिनिधित्व गरेका डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना र डा. आरपी विच्छाले उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष शुक्रबार राजीनामा बुझाएका छन् । 

त्यस्तै, जनमत पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने डा. जयकान्त राउतले पनि राजीनामा बुझाएको बताइएको छ । अनिता हाल अमेरिकामा छिन् । उनले अमेरिकाबाट नै उपाध्यक्षसमक्ष राजीनामा दिएकी छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्