site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य बढ्यो 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ८०० रुपैयाँ बढेको हो । 

आज छापावाल सुन तोलामा एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसदिन चाँदी मूल्य एकै दिन ५० रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्