site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ दलले दिए निवेदन

काठमाडौं । उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दलले निवेदन दिएका छन् ।

निर्वाचन आयाेगले दल दर्ताका लागि आजसम्मकाे समय ताेकेकाे थियाे ।

आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईका अनुसार निवेदनमाथि जाँचबुझपछि दर्ताकाे निर्णय गरिनेछ ।

उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलले दर्ताकाे निवेदन दिएका छन् । 

रास्वपाले भने प्रतिनिधिसभामा मात्रै उमेदवारी दिएकाले प्रदेशतर्फ १९ निवेदन परेकाे हाे ।

इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ काे 'क' मा उपनिर्वाचन हुँदै छ ।

Dal-1710344658.jpg
 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  २१:२७
प्रतिक्रिया दिनुहोस्