site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य घट्यो 

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा एक हजार रुपैयाँ घटेको छ । 

आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख २६ हजार रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । यसदिन चाँदी तोलामा एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्