site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नवनियुक्त अर्थमन्त्री पुन भन्छन्– एक महिनामै राजस्व वृद्धि दोब्बर गर्न सकिन्छ

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्ने बताएका छन् ।

बुधबार साँझ पद बहाली गरिसकेपछि अर्थमन्त्री पुनले एक महिनामा राजस्व वृद्धि दोब्बर गर्न सकिने पनि बताए ।

उनले आफूले टिममा काम गर्ने  पनि बताए । "१२ वर्षपछि खोला फर्कन्छ भन्छन् । म फर्किएर आएँ । मलाई पहिलोपटक गुरिल्ला अर्थमन्त्री पनि भने । अहिले परिपक्क भएर आएको छु," उनले भने ।

उनले आमसर्वसाधरण र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी काम गर्ने प्रतिबद्धता पनि जनाए । अर्थतन्त्रमा रहेका चुनौतीहरूलाई सबैभन्दा पहिला सबै अन्तरमन्त्रालय समन्वय गरेर समाधान गर्ने उनको भनाइ छ ।

"अर्थतन्त्रमा संकट नै होइन । मन्दीमा पगेर चलायमान कम भएको हो । अर्थतन्त्रमा चुनौतीहरू छन् । चुनौतीहरूलाई प्रधानमन्त्रीले मुख्य कामको रूपमा सुशासन पहिलो प्राथमिकता र आर्थिक समृद्धिको गर्ने प्राथमिकता निर्धारण गर्नुभएको छ । नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसाथ गरेको छ," उनले भने ।

 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  २१:५४
प्रतिक्रिया दिनुहोस्