site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बजार खुलेको आधा घण्टामै नेप्से ४५ अंकले घट्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मंगलबार खुलेको आधा घण्टामै ४५ अंकले घटेको छ । सोमबार तीनपटक ‘सर्किट ब्रेकर’ लागेर बजार बन्द भएको थियो ।

आज बजार खुलेको आधा घण्टामा ३६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । २०४ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

बिहान ११ः३० सम्मको कारोबार अवधिमा नेप्से २.१८ प्रतिशतले घटेको छ । आघा घण्टामा एक अर्ब २१ करोड ४९ लाख रुपेयाँको सेयर कारोबार भएको छ ।

सोमबार सेयर बजार ११७ अंकले बढेको थियो । पहिलो तीन मिनेटमा ४ प्रतिशतले बजार बढेर २० मिनेट, दोस्रोपटक सर्किट ब्रेक लागेर ४० मिनेट बजार बन्द भएको थियो । अन्तिममा ६ प्रतिशत बजार बढेर दिनभरिका लागि बन्द भएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्