site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अर्थमन्त्री फेरिँदा लगानी सम्मेलनमा असर पर्ला ?

काठमाडौं । तेस्रो लगानी सम्मेलनको निर्देशक समितिको संयोजक समेत रहेका डा. प्रकाशशरण महत अर्थमन्त्रीबाट हटेका छन् । उनी अर्थमन्त्री हुँदा तेस्रो लगानी सम्मेलन भव्य रूपमा आयोजना गर्ने र विश्वका प्रसिद्ध व्यवसायीहरूलाई सहभागी गराउने भन्दै आएका थिए । तर, उनको मन्त्री पद गुमेसँगै लगानी सम्मेलन के हुने हो भनेर आशंका उब्जिएको छ ।

लगानी सम्मेलन सचिवालयको जिम्मा पाएको लगानी बोर्ड नेपाल भने मन्त्री फेरिँदा कुनै असर नपर्ने बताउँछ । लगानी सम्मेलन आगामी वैशाख १६ र १७ गते हुँदैछ । सरकारको नियमित कार्यक्रम भएकाले मन्त्री फेरिँदा ठूलो असर नपर्ने लगानी बोर्डका सहसचिव तथा प्रवक्ता प्रद्युम्न उपाध्यायले बताए ।

“प्रधानमन्त्री पुरानै हुनुहुन्छ । मन्त्री फेरिँदा कुनै असर पर्दैन । यो सरकारको नियमित कार्यक्रम हो,” उनले भने, “नयाँ आउने मन्त्रीज्यूलाई हामीले केही ब्रिफिङ भने गर्नुपर्छ । अर्थमन्त्री निर्देशक समितिको संयोजक मात्र हुनुहुन्छ । काम सचिवालयबाट भइरहेको छ ।”

लगानी सम्मेलन आउन अब करिब दुई महिना छ । लगानी सम्मेलनका लागि १२१ वटा सरकारी निकायबाट प्रोजेक्टहरू तय गरेको छ । त्यस्तै निजी क्षेत्रबाट सात वटा प्रस्ताव आएका छन् ।

सम्मेलनमा आठ करोड रुपैयाँ खर्च प्रस्ताव गरिएको छ । सम्मेलनका लागि बेलायतको एफसीडीओले अनुदान सहयोग गर्ने बताइएको छ । एफसीडीओले गर्ने अनुदान सहयोगबाहेक सरकारी खर्च हुने बताइएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १९:०१
प्रतिक्रिया दिनुहोस्