site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
टाटासुमोको ठक्करबाट दुईजनाको मृत्यु, एक घाइते
प्रतीकात्मक तस्बिर ।

जलेश्वर ।  महोत्तरीको मटिहानी–जनकपुर सडकखण्डमा भारतीय नम्बरको टाटासुमोले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

महोत्तरीकै पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकबर राइन र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

जनकपुरबाट मटिहानीतिर गइरहेको बीआर०६पीडी ३३३० नम्बरको भारतीय टाटासुमोले आइतबार अबेर राति पिपरा–१ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै गरेको मधेस प्रदेश०१त ३००९ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट ट्याक्टरमा बसेका कामदार अकबरको मृत्यु भएको हो ।

त्यसपछि भाग्ने क्रममा टाटासुमोले विपरीत दिशाबाट साइकलमा चढेर आउँदै गरेका राजकिशोरलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाटासुमोको ठक्करबाट ट्याक्टरमा सवार अर्का कामदार पिपरा–५ का ६० वर्षीय झप्सी कवाडी गम्भीर घाइते भएका छन् । प्रादेशिक अस्पताल जनकपुरमा उनको उपचार भइरहेको जनाइएको छ ।

टाटासुमो पनि भाग्ने क्रममा मटिहानी नगरपालिका–४ स्थित सडकछेउमा पल्टिएको थियो । सुमोका चालक फरार छन् । रासस

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्