site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेसपा संयोजकमा चुनिए श्रेष्ठ, माओवादीसँग भोलि एकता

काठमाडौं । नेपाल समाजवादी पार्टीको संयोजकमा गंगानारायण श्रेष्ठ चुनिएका छन् । आइतबार (जेठ ११) सहअध्यक्ष श्रेष्ठले केन्द्रीय समिति पुनर्गठन गरी नेतृत्व आफ्नो हातमा लिएका हुन् ।

ललितपुरस्थित एकान्तकुनामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकबाट पार्टी पुनर्गठन गरी सहध्यक्ष श्रेष्ठलाई संयोजक तोकिएको हो । गएको चैत ३ गतेको तीनबुँदे निर्णयका आधारमा नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्ने निर्णय पनि उक्त बैठकबाट गरिएको छ । माओवादी केन्द्रसँग यही जेठ १२ गते (सोमबार) एकता गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।

Argakhachi Cement Island Ad

सोमबार ललिपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११ः३० बजे माओवादी केन्द्र र नेसपाबीच एकता घोषणा गरिने कार्यक्रम छ । 

पूर्वसहमतिअनुसार माओवादी केन्द्रसँग एकता गर्नबाट तत्कालीन अध्यक्ष महिन्द्र राय यादव पछि हटेका थिए । त्यसपछि श्रेष्ठ एकता प्रक्रियामा अघि बढेका हुन् ।

२९ केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना श्रेष्ठका पक्षमा उभिएका छन् । १६० केन्द्रीय समिति सदस्यमध्ये ९९ जना एकताका पक्षमा उभिएका संयोजक श्रेष्ठले जिकिर गरे ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  २०:२५
प्रतिक्रिया दिनुहोस्