site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारमा जाने रास्वपाको निर्णय
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा जाने निर्णय गरेको छ । सोमबार बिहान केन्द्रीय कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकबाट नयाँ समीकरणमा सरकारमा जाने निर्णय गरिएको सांसद विराजभक्त श्रेष्ठले जानकारी दिए ।

रास्वपाले सरकारमा कति सिट लिने र क–कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउने अधिकार सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई दिइएको उनले बताए ।

वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणका साथ सरकार बनाउने गरी पछिल्लो समय राजनीतिक घटनाक्रम विकास भएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्