site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य एकैदिन दुई हजार बढ्यो 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकै दिन दुई हजार रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य पनि बढेर कारोबार भएको छ । चाँदी तोलामा २० रुपैयाँ बढेको एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ  ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्