site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बैंकका कर्मचारीमाथि भएको धरपकडप्रति निजी क्षेत्रको आपत्ति

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले बैंकका कर्मचारीमाथि भएको धरपकडप्रति निजी क्षेत्रका तीन छाता संगठनले आपत्ति जनाएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएका हुन् । 

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन एवं नेपाल राष्ट्र बैंकका निर्देशनहरू पालना गर्दै आएका बैंकका कर्मचारीमाथि भएको धरपकडपप्रति आपत्ति जनाएका हुन् । 

“बैंक वित्तीय संस्थाहरूले विद्यमान ऐन तथा केन्द्रीय बैंकबाट जारी भएका निर्देशनहरूको अधीनमा रही आ–आफ्ना नीति तथा कार्यविधि बमोजिम आ–आफ्ना अधिकार क्षेत्रभित्र रही निक्षेप संकलन तथा कर्जा लगानी गर्ने कार्य सञ्चालन गर्दै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरूमा कुनै पनि लगानीसम्बन्धी निर्णय गर्दा सबै कर्मचारी तथा सञ्चालक समितिले तोकिएको सिद्धान्त, विधि एवं नियमकै पालना गरी असल नियतबाट कार्य गर्ने गरेको बुझाइ रहेको छ,” संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

व्यावसायिक कर्जाको हकमा उद्योग व्यवसायको कारोबार प्रकृतिअनुसार स्थिर पुँजी तथा चालु पुँजीतर्फ भिन्न–भिन्न प्रकारका कर्जा प्रवाहित हुँदै आएको जानकारी दिइएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्