site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विधायनसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । विधायनसम्बन्धी विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ । 

शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले विधायनसम्बन्धी विधेयक, २०८० सर्वसम्मतिले पारित गरेको हो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायनसम्बन्धी विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

कानुनमन्त्रीको प्रस्तावपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामा निर्णयार्थ प्रस्तुत गरेका थिए । सबै सांसदहरूले विधेयकमा सहमति जनाएसँगै अध्यक्ष तिमिल्सिनाले विधायनसम्बन्धी विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक फागुन १४ गते सोमवार ११ बजे बस्नेछ । 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्