site stats
बाह्रखरी :: Baahrakhari
देश
इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–६, मिलन चोकस्थितमा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा इटहरी–४ की ७१ वर्षीया दुर्गादेवी पौडेल छिन् । दुर्घटनामा घाइते भएकी उनको उपचारका क्रममा धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

बिहीबार पूर्व–पश्चिम लोकमार्गमा ना. ८ ख ३२८५ नम्बरको ट्रकले बाटो काट्दै गरेकी उनलाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्