site stats
बाह्रखरी :: Baahrakhari
देश
रौतहटमा लगाइएको कर्फ्यु हटाइयो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले ईशनाथ नगरपालिकामा लगाएको कर्फ्यु हटाएको छ । 

नगरपालिकाको वडा नं ७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ती विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम दुवै समूहबीच उत्पन्न भएको विवादलाई नियन्त्रणमा लिन गत शनिबार कर्फ्यु आदेश जारी गरिएको थियो । 

Argakhachi Cement Island Ad

हाल स्थिति सामान्य भइसकेकाले सो क्षेत्रमा लगाइएको कर्फ्यु आज बेलुका ५ बजेदेखि लागु हुनेगरी पूर्णरूपमा हटाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

Rautahat-1708506883.jpg
 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्