site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
फाइल तस्बिर ।

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेर कारोबार भएको छ । आइतबारको तुलनामा सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्