site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘म्याच फिक्सिङ’ शैलीमा गभर्नर नियुक्ति भएको भन्दै सर्वोच्चमा रिट
Argakhachi Cement Island Ad

काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरू अनन्त लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् । गभर्नर सिफारिस समितिका सदस्य डा. पौडेललाई ‘म्याच फिक्सिङ’ शैलीमा पहिला उमेदवार निश्चित गरेर पछि समितिबाट सिफारिस गरिएको दाबी रिटमा छ । 

रिटका विषयमा अध्ययन भइरहेको र आवश्यक प्रक्रिया पूरा गरेपछि दर्ता हुने/नहुने निर्णय गर्ने सर्वोच्च प्रशासनले जनाएको छ । 

रिटमा गभर्नर डा. पौडेलले प्राकृतिक स्रोत अर्थशास्त्र, श्रम अर्थशास्त्र, अर्थशास्त्रको इतिहास अध्ययन गरेको र कृषि अर्थशास्त्रमा विद्यावारिधी गरेको भन्दै गभर्नर बन्न उनको योग्यता नपुग्ने दाबी गरिएको छ । सिफारिस समितिबाट राजीनामा दिएर भएको नियुक्तिले सुशासनको खिल्ली उडेको र योग्यतामा समेत प्रश्न रहेको भन्दै रिटमा नियुक्ति बदर गर्न माग गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्