site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज छापावाल सुनको मूल्य तोलाको एक लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन तोलामा एक लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  
 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्